न्यूयोर्क अमेरिका
अमेरिकाको टेक्सस राज्य च्याप्टरले सेप्टेम्बर ११ मा अमेरिकामा अध्ययन गर्दा विश्विद्यालय छनौट र छात्रवृत्ति कसरी प्राप्त गर्ने भन्ने लगाएतका विषयलाई समेट्दै छलफल कार्यक्रमको अयोाजना गरेको कार्यक्रम संयोजक निश्चल चापागाईले जानकारी दिएका छन् ।
सेकेण्ड जेनेरेशन नाम दिइएको कार्यक्रममा अमेरिकामा अध्ययनका लागि के कस्ता तयारी गर्नुपर्ने, के कस्ता बिषय छनोट गर्न सकिन्छ, कुन बिषय आफ्नो लागि उपयुक्त हुन्छ भन्ने बारेमा जान्न सकिने चपागाईले बताउका छन् ।
यसैगरी उत्कृष्ट बिश्वबिधालय अन्तरगत छात्रवृत्तिमा पर्न सफल केहि नेपाली विधार्थीहरुसंग अनुभव आदानप्रदान साथै अन्तरक्रिया समेत गरिने छ । नेपाली विधार्थीहरुलाई कस्तो बिश्वबिधालय छनोट गर्ने, उचित बिषय के र त्यसको लागि पहिलो प्राथमिकतामा के राख्ने भन्ने बारेमा अहिले अध्ययन गरिरहेका बिध्यार्थीहरुक़ो अनुभव सुन्ने कार्यक्रम समेत रहेको छ ।
यसैगरी अमेरिकाका विभिन्न विश्व विद्यालयमा विधार्थिले छात्रवृत्ति प्रप्त गर्न र भर्ना हुन गर्नु पर्ने पूर्व तयरीहरुका बारेमा समेछ जानकारी लिन सकिनेगरी कार्यक्रमको तयारी गरिएको संयोजक चापागाईले जनाएका छन् ।