भदौ २०
आसन्न १० औ गैरआवासीय नेपाली संघको निर्वाचनमा अहिले विभन्न देशमा रहेका नेपालीहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् ।
गैर आवासीय संघमा उम्म्द्वारी दिने सबैको केही न केही योगदान र अनुभव हुनु स्वभाविक हो । यो योगदान, अनुभव, अध्यायन र अगुवाईको हिसावले सक्षम नेतृत्व र स्वच्छ व्यक्ति छनौट गर्न सकिएन भने संघको छवी र लोकप्रयता नै घटेर जान्छ । यस्ता उदाहरणहरु प्रस्तुत भईसकेका छन् ।
कामगर्ने सोचलाई सार्थकतामा बदल्ने हिम्मत, अठोट र विश्वास भएका उम्मेद्वारलाई मत दिएर बीजयी गराउन सके साँच्चै तपाईको मतको पनि उचित सम्मान र सदुपयोग हुने छ । दक्षिण पूर्वका देशहरुमा अहिले व्याप्त विभिन्न समस्याहरुको समाधान र सुनुवाईका लागि एउटा सक्षम नेतृत्वकर्ताको आवश्यकता रहेको छ । महिला होस वा पुरुष जहाँ जस्ले विभिन्न दुख् पाईरहेको छ वा पाउनुपर्ने कुराहरु नपाएको अवस्था छ भने त्यसका विरुद्ध बोल्ने यएटा बलियो नेतृत्वकर्ताको आवश्यकता छ ।
यही आवश्यकतालाई ध्यानमा राख्दै यासमिन बेगम सैयदले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी छन् ।
संसारका जुनसुकै स्थानमा पुगेपनि महिला समावेशीता र सशक्तीकरणका विषयहरु अहिलेपनि आवश्यकता रहेको भन्दै बेगमले यस विषयलाई प्रमुख प्राथमिकतामा राखेकी छन् । महिला र पुरुष दुवै सक्षम र सफल हुँदा मात्रै समृद्धिको सुरुवात सम्भव रहेको भन्दै उनले आफ्ना एजेण्डाहरु प्रस्तुत गरेकी छन् । गैर आवसिय संघसंगै नेपालमा संघको तर्फबाट गर्न सकिने कामका विषयहरुलाई पनि एजेण्डामा समावेश गरेकी छन् । बेगमले समग्रमा संसारको जुनकुनै स्थानमा रहेपनि नेपाल र नेपालीको समृद्धी र रुपान्तरण गर्न सके मात्रै समग्र नेपालीको पहिचान र परिचय फरक पार्न सकिने भन्दै त्यसका लागि आफु निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरिेकी छन् ।
बेगमका प्रमुख एजेण्डाहरु
१। संस्थामा महिला समावेशी र सशक्तीकरण अभियानलाई कार्यान्वयन गर्न विश्ष पहल गर्ने छु ।
२। रोजगारीका सिलसिलामा मध्यपूर्व र मलेसिया लगायत विश्वका जुनसुकै स्थानमा रहेका नेपाली महिला कामदारहरु सहित अन्य समग्र श्रमिक नेपालीको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीलाई नीतिगत सुधार गरि कार्यान्वयन गर्न प्रयत्न गर्ने छु ।
३। विदेशमा रही आर्जन गरेका ज्ञान, सीप, अनुभव र दक्षतालाई संस्थागत रुपमा पहल गरि स्वदेश मै रोजगारीको अवसर श्रृजना सहित महिला सहभागीतलाई सुनिश्चत गर्न विषेश नीति ल्याउन पहल गर्ने छू ।
४। बिश्वभरबाट गैरआवसिय नेपालीको दोश्रो पुस्तालाई नेपाल र नेपालको संस्कृतिसंग जोड़नका लागि बिशेष अभियान संचालन गर्ने छू ।
५। गैर आवसिय नेपाली संघमा महिला पदाधिकारी हरुको सहभागिता वृद्धिको निमित्त महिला उम्मेद्वारी शुल्क छूट नीति ल्याउन बिशेष पहल गर्नेछू ।
६। संस्थाभित्र शुद्धिकरण, पारदर्शिता एवं रुपान्तरणका कामका सुरुवात भैसकेको छ । यस अभियानलाई अझ शसक्त बनाउन हर सम्भव प्रयास गर्नेछू ।
७। विप्रेषणलाई उत्पादनमुलुक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै साना लगानीमा खाडीक्षेत्रमा रहेका नेपालीहरुलाई सहभागी गराउन प्रयत्न गर्नेछू ।
८। गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरु नागरिकताको निरन्तता, वैदेशिक रोजगारी, विदेशबाटै मताधिकारको अधिकार लगायतका विषयमा संघ र नेपाल सरकारबीच सहकार्यगरि कानुनी अप्ठ्याराहरुलाई हटाएर मुद्धाहरुलाई निष्कर्षमा पुराउन पहल गर्ने छु ।