काँग्रेसका प्रभावशाली नेता मिन विश्वकर्माले किन दिए सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजनीनामा

भदाै १६ , काठमाडौं

मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । कांग्रेसले दलित समुदायको सहभागितालाई प्राथमिकता नदिएको भन्दै उनले राजीनामा दिएका हुन् । पार्टी सभापतिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।

राजिनामाको पूर्ण पाठ