भदौ, १० काठमाण्डौ
जुठबहादुर खड्गी जसलाई (जेबी टुहुरे) नामले नेपालभर चिनायो । विक्रम संवत् २००१ साल कार्तिक १५ गते धरानमा जन्मिएका टुहुरेले नेपालको राजनीतिक परिवर्तनमा साँगीतिक मोर्चाको अगुवाई गर्नुभयो ।
समाज परिवर्तनका लागि जनवादी गीतसंगीत मार्फत नेपालको राजनीतिक वृतमा आउनुभएका टुहुरे समानुपातिक साँसद समेत बन्नुभयो। अग्रज जनवादी गायकका रुपमा रहनुभएका उहाँको विहिवार ७८ वर्षको उमेरमा निधन भएको छ।
टुहुरेले गायका धेरै गीतले राजनीतिक, सामाजिक र सचेतनाको विकास र रुपान्तरण गर्ने सवालमा धेरै अर्थ राख्ने गरेका छन् र पछिसम्म पनि राखिरहनेछन् । उहाँको युवा अवस्थामा पञ्चायती व्यवस्थाका विरुद्ध गीतसंगीतमा लाग्नुभएका उहाँ ुभूमिगतु समेत बन्नुभएको थियो । पञ्चायतकालको प्रभाव रहेका बेला तत्कालीन शासकहरूका विरूद्धमा गीत गाउनु सजिलो पक्कै थिएन। तर टुहुरेले पञ्चायती शासक विरुद्ध गीत गाईनै गाईनै रहनुभयो । टुहुरेले गायको ुआमा दिदीबहिनी हो कति बस्छौ दाषी भईु भन्ने गीत सर्वाधिक चर्चित छ । वामपन्थी राजनीतिमा टुहुरे २०२३ सालदेखि सहभागि हुनुभयो । पछि माओवादीमा प्रवेश गरेको टुहुरे तत्कालिन एमालेको जनसांस्कृतिक मञ्चमा सदस्य, उपाध्यक्ष र अध्यक्षसम्म भए। त्यहीबेला उनले मेची–काली सांस्कृतिक जागरण टोली लिएर समेत हिडेका थिए ।
धरानमा जन्मेका टुहुरे मधुमल्ला, मोरङमा हुर्के। त्यहीँको भगवती प्राथमिक विद्यालयमा पढे। वि. स. २०१९ सालमा गीत गाउनै भनेर उनी घरबाट काठमाडौं आए । गीत(संगीतसँगै कम्युनिस्ट पार्टी एकताका लागि उनले २०३१ सालमा गठित कोअर्डिनेसन केन्द्रसँग मिलेर काम पनि गरेका थिए।
कम्युनिस्ट पार्टीको संगठन निर्माण तथा विस्तारका लागि उनी साँगीतिक मोर्चामा लागिरहे । टुहुरेको सांगीतिक यात्रा प्रजातन्त्र बहालीपछि पनि जारी रह्यो। नेकपा एमालेको जनसांस्कृतिक मञ्चमै रहेर उनले गाइरहे । २०६६ सालमा माओवादी प्रवेश गरेका उनी २०७० सालको दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका थिए।
७८ वर्षीय उनी ब्रेन(स्ट्रोक भएर साताअघि बल्खुस्थित बयोधा हस्पिटल भर्ना हुन पुगेको थिए । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी उनको उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भयो।
उनका दुई छोरी र एक छोरा छन्।