काठमाडौं, ९ भदौ
निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) औपचारीक रुपमा दर्ता भएको प्रमाणपत्र प्रदान गरेको छ ।
बुधबार साँझ निर्वाचन आयोगले करिव ८ बजे एमालेबाट छुट्टिएर बनेको समाजवादी पार्टीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको हो ।
नयाँ दल दर्ताको प्रमाणपत्र निर्वाचन आयोगका सचिव सुरेश पौडेलले नव गठित दलका नेता राजेन्द्र पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नव गठित दलका २० प्रतिशत नेताहरुको भौतिक उपस्थित भएर सनाखत गरेपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । नव गठित पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहने जनाईएको छ ।
नेकपा एमालेबाट प्रधानमन्त्री समेत बनेका माधव कुमार नेपालको अध्यक्षतामा गठित नयाँ दलको बरिष्ठ नेतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनुभएको छ ।
एमालेको महासचिवका रुपमा १० वर्ष काम गर्नुभएका माधव कुमार नेपालको नव गठित दलको नेतृत्वमा कस्तो भूमिका रहला त्यो भने आम चासोको विषय बनेको छ ।