एमालेको महाधिवेशन मंसिरमा, विधान अधिवेशन असोजमा, तठस्थ नेताहरु पनि बैठकमा सहभागि

काठमाडौं, ८ भदौ
पार्टीको आन्तरिक विवादले विभाजनको अवस्थासम्म पुगेको नेकपा एमालेले महाधिवेशन र विधान अधिवेशनको मिति सार्वजनिक गरेको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १० औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । ज्ञवालीले भने ४, ५ र ६ असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ । विधान अधिवेशनको तयारीका लागि यही भदौ १० गते केन्द्रीय कमिटी बैठक वोलाउने निर्णय भएको उनले जानकारी दिए ।

यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने निर्णय गरेको बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको उक्त बैठकले पार्टीका सबै कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय, जिल्ला, स्थानीय तहका सबै पार्टी कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । यस्तै बैठकले पार्टी सदस्यता नविनकरण गर्ने असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । बैठक भोली पनि बस्ने ज्ञवालीले जानकारी दिए । नेकपा एमालेका पूर्व बरिष्ट नेता माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेसंगै तठस्थ रहेका केही नेताहरु आजको एमालेको बैठकमा सहभागि भएका छन् । जसलाई पहिले माधव समुहका नेताका रुपमा हेरिन्थ्यो ति नेताहरु अहिले केपी ओलीले बोलाएको बैठकमा सहभागि भएर पार्टीलाइ नयाँढंगबाट अगाडि बढाउने सहमतिका साथ लाग्नुभएको छ ।