एनआरएनएको विश्व सम्मेलन तोकिएकै मितिमा हुनेः विवादीत विषय विधान अनुसार समाधान गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो दशौं विश्व सम्मेलनको तयारीलाई तिव्र पारकेो छ । दशौं महाधिवेशन नजिकिँदै गर्दा संघले महाधिवेशनकाका विषयमा देखिएका विवाद समाधानका लागि समेत पहल सुर गरको जनाएको छ । अहिले संघका विभिन्न विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा प्रतिनिधि छनोटका विषयमा विवाद रहँदै आएको छ । संघले यो विवादलाई जति सक्दो छिटो टुंग्याउने र तोकिएको मितिमै दशौं महाधिवेशन गर्ने गरी निर्णय भएको जनाएको छ ।

सोमबार संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतमा बसेको आइएसको भर्चुअल बैठकमा संघमा देखिएको विवादका विषयमा छलफल भएको थियो । छलफलमा जतिसक्दो छिटो विवाद टुंग्याउने निर्णय भएको छ एक सदस्यले जानकारी दिएका छन् ।

बैठकले नमिलेका, विवाद देखिएका विषयलाई विधानबमोजिम समाधान गर्नेमा सहमति जुटाएको छ । संघको संसोधित विधानमा एनआरएनए अभियानमा शुरुदेखि नै सक्रिय रहेका मध्येबाट ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिका रुपमा छनोट गर्नुपर्ने प्रावधान छ। यस्तै २५ प्रतिशत प्रतिनिधि राष्ट्रिय समन्वय परिषद (एनसीसी) बाट निर्वाचित हुनुपर्ने वैधानिक प्रावधान छ । यसैगरी बाँकी १० प्रतिशत प्रतिनिधि कार्यसमितिले मनोनित गर्ने प्रावधान विधानमा राखिएको छ।नयाँ प्रक्रिया अनुसार प्रतिनिधि छनोट गर्ने विषयमा अमेरिकालगायत विभिन्न ८ देशमा विवाद सिर्जना भएको थियो। तर, बैठकले यी विषयलाई विधानबमोजिम समधान गर्ने निर्णय गरेको हो। संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ।