न्यूयोर्क, ५ भदौ
नेपालको कला संस्कृति र परम्परा लगाएतका विषयहरुलाई समेटेर निर्माण गरिएका विभिन्न आदिबासी समुदायको जीवन र दैनिकीलाई समेट्ने फिल्महरुको महोत्सव आदिबासी चलचित्र महोत्सव (NIFF) अमेरिकाको न्यूयोर्कमा सुरु भएको छ ।
नेपाल आदिबासी जनाजति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले एक औपचारिक कार्यक्रमकाबीच लिम्बु भाषा संस्कृतीमा आधारित चलचित्र के च्याब्रुङ को प्रर्दशन सुरुवात गरेर कार्यक्रमको उदघाटन गर्नु भएको छ ।
नेपाल लगाएत विश्वका विभिन्न देशमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएका आदिबासीहरुको कला, संस्कृति, पहिचान र परम्परालाई अझै विस्तार गर्दै नेपाललाई चिनाउने सोचका साथ विभिन्न आदिबासी जनजाती महासंघले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
७ औं बिश्व आदिबासी दिबसको अबसरमा बिभिन्न कार्यक्रम गर्दै आएको महासंघले यही अगष्ट २१ र २२ को दुई दिने नेपाल आदिबासी चलचित्र महोत्सब तथा निफ अवार्ड आयोजना गरेको छ । महोत्सब अबधीभर सात वटा जाति समुदायको सात वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
जसमा पहिलोदिन लिम्बु जातिको के च्याब्रुङ, मगर जातिको ट्याङचालक, ह्योल्मो जातिको मेतोक, राई जातिको सायाबुङ, र तामाङ जातिको प्रङ्ना प्रदर्शन भएका छन् भने दोस्रो दिन नेवार जाति जा मनःगुभाजु, गुरुङ जातिको मि न्होर्वै ट प्रदर्शन हुनेछ । दोस्रो दिन बिशेष साँस्कृतिक कार्यक्रम सहित अर्वाड बितरणको कार्यक्रम रहेको महासंघले जनाएको छ ।
यस कार्याक्रममा पूर्ब मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक जगदिश समाल, मंगोयिन हार्ट राजु लामा लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने जनाईएको छ ।
कला संस्कृतिले धनी आदिबासी जनजाती समुदायको अग्रसरतामा देश तथा विदेशमा नेपालको विविधतालाई चिनाउन सहयोग पुग्ने कार्यक्रमहरु हुँदै आएको छ न् ।
चलचित्र प्रर्दशनको बारेमा विस्तृत विवरण
अगस्त २१ तारिख शनिबार
चलचित्र : केः (लिम्बु)
समयः बिहान ११ः१५ बजे
चलचित्र : टयाङ्चलाक (मगर)
समय : बिहान ११ः३० देखि १२ः३० बजेसम्म
चलचित्र : मेटोक (ह्योल्मो)
समय : मध्यन्ह् १२ः४५ देखि २ः०० बजेसम्म
चलचित्र : सायाबुङ
समय : दिनको २ः१५ देखि ४ः१५ बजेसम्म
चलचित्र : प्रङना (तामाङ)
समय : अपरान्ह् ४ः३० देखि ६ः०० बजेसम्म
अगस्त २२ तारिख आईतबार
चलचित्र : जा मनः गुभाजु (नेवार)
समय : बिहान १०ः३० देखि १२ः३० बजेसम्म
च्लचित्र : मि न्हेरबाई (गुरुङ)
समय : मध्यन्ह् १२ः४५ देखि २ः४५ बजेसम्म