पहिलो ‘नेपाल एम्बास्डर गल्फ कप’ सम्पन्न भएको छ । सियाटलको नेपाली कन्सुलेटद्वारा आयोजित उक्त गल्फ प्रतियोगीता यही अगस्ट ८ मा सम्पन्न भएको हो ।
प्रतियोगितामा विजयी भएका तथा अन्य प्रतिस्पर्धीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा साथै कन्सुलेट जनरल एसी शेर्पाले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
७९ को ग्रस अंकसहित पोर्टल्याण्डका नारायण गुरुङले प्रतियोगितामा ‘ग्राण्ड च्याम्पियन’को उपाधि हासिल गर्न सफल भएका थिए भने सियाटलका बुद्धि कुँवरले नेट अंक ८० प्राप्त गरेर ‘च्याम्पियन’को उपाधि हासिल गर्न सफल भएका थिए । त्यस्तै, प्रतियोगितामा ‘मोस्ट इम्प्रुभ’ अर्थात् सर्वाधिक सुधारको उपाधि पोर्टल्याण्ड निवासी निर्मल श्रेष्ठले प्राप्त गरेका थिए । यससँगै, ‘क्लोजेस्ट टु पिन’ र ‘लङ ड्राइभ’को उपाधि भने क्रमशः सियाटलका कैलाश राजभण्डारी र सुदर्शन मल्लले हात पारेका थिए ।
News पहिलो ‘नेपाल एम्बास्डर गल्फ कप’ सम्पन्न