तिलक केसीले लेखे आइसीसी अध्यक्षलाइ पत्र, प्रतिनीधि छनोटमा षडयन्त्रको आशंका

एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा हालै सम्पन्न निर्वाचनमा पराजित अध्यक्षका उम्मेदवार तिलक केसीले हालसम्म अमेरिकाबाट आइसीसी प्रतीनिधि छनोटका लागी निर्वाचन नहुनु गम्भिर षडयन्त्रको संकेत भएको बताएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षको ध्यानाकर्षण गरेका छन् ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी निर्वाचनमा अमेरिकाबाट भाग लिने प्रतिनिधिहरुको छनौट प्रक्रिया अझैसम्म पनि शुरु हुन सकेको छैन । प्रतिनिधिहरुको विवरण पठाउनलाई एक हप्ताभन्दा कम समयसीमा रहँदा समेत अमेरिकाबाट भाग लिने २५५ महाधिवेशन प्रतिनिधिहरुको छनौट हुन सकेको छ्रैन ।
संघको विधानको दफा २४=१ अनुसार प्रतिनिधिहरुको विवरण १५ अगस्त २०२१ सम्म सचिवालयमा प्राप्त भइसकेको हुनुपर्ने भएतापनि अझैसम्म कुनै निर्वाचन कार्यतालिका समेत प्रकाशन नहुनुले गम्भीर प्रश्न उठाएको विन्स्कन्सिनका तिलक केसीले बताएका छन् । केसीले यसो हुनाले कुनै गम्भीर षड्यन्त्रको तयारी भइ रहेको अनुमान गर्न बाध्य हुनु परेको भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षको ध्यानाकर्षण समेत गरेका छन् ।
अमेरिका बाट भाग लिने जम्मा सख्या १८९ रहेको र त्यसको ६५५ सख्या पर्याप्त हुने गरी निवेदन पर्न नगएकोले ६५५ मध्ये बाट बाकी रहन गएका प्रतिनिधिहरुको निर्वाचन पनि २५५ प्रतिनिधि सँगै गराउनु पर्ने संघको विधानको दफा १३.७ (क) मा उल्लेख भएको बताउँदै उनले भनेका छन्, “अब अमेरिका बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको निर्वाचन गराउँदा संघको विधान बमोजिम २५५ र ६५५ मा नपुग रहेको सङ्ख्याको पनि सँगै निर्वाचन गराउन राष्ट्रिय समन्वय परिषद् अमेरिकालाई हार्दिक अनुरोध गर्दछु ।”
केसीले संघको विधान अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएको प्रतिनिधि आइसीसी सदस्यको उम्मेदवार हुन योग्य हुने भएकाले विधान बमोजिम प्रतिनिधिहरुको छनौट गरेर सम्पूर्ण गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यहरुको अधिकारको सम्मान र रक्षा गर्नका लागि राष्ट्रिय समन्वय परिषद अमेरिकालाई आह्वान समेत गरेका छन् । विधान विपरित गरिने काम संस्थाको हीतमा कदापि नहुने बताउँदै उनी भन्छन्, “अपारदर्शी एवम् अप्रजातान्त्रिक र गैरसंवैधानिक कदमहरु तुरन्त रोक्न परिषदसँग अपील गर्दछु ।”

विधान विपरीत प्रतिनिधिहरु चयन हुनाले अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको वैधानिकतामा समेत प्रश्न उठ्न सक्ने भएकाले यस प्रतिनिधि छनौट प्रक्रियालाई गम्भीर रूपले लिएर समस्याको निराकरण गर्नुपर्ने केसीको सुझाव छ ।

केसीले आइसीसी अध्यक्ष कुमार पन्तलाइ लेखेको पत्रः
श्रीमान् अध्यक्ष ज्यू
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद ।

आगामी अक्टुबरमा हुने अन्तराष्ट्रीय समन्वय परिषद्का पदाधिकारीको निर्वाचनमा अमेरिका बाट भाग लिने २५५ अन्तराष्ट्रीय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अझै पनि शुरु नभएको जानकारी गराउन चाहन्छु । सघको विधानको दफा २४।१ अनुसार प्रतिनिधिहरुको विवरण १५ अगस्त २०२१ सम्म सचिवालयमा प्राप्त भइ सकेको हुनु पर्ने छ तर एक हप्ता भन्दा कम समय हुदा सम्म पनि कुनै निर्वाचन कार्यतालिका प्रकाशन नहुनु गम्भिर षणयन्त्रको तयारी भइ रहेको अनुमान गर्न बाध्य हुनु परेको छ । अमेरिका बाट भाग लिने जम्मा सख्या १८९ रहेको र त्यसको ६५५ सख्या पर्याप्त हुने गरी निवेदन पर्न नगएकोले ६५५ मध्ये बाट बाकी रहन गएका प्रतिनिधिहरुको निर्वाचन पनि २५५ प्रतिनिधि सगै गराउनु पर्ने सघको विधानको दफा १३।७ ९क० मा उल्लेख भएकोले अब अमेरिका बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको निर्वाचन गराउदा सघको विधान बमोजिम २५५ र ६५५ मा नपुग रहेको सख्याको पनि सगै निर्वाचन गराउन राष्ट्रिय समन्वय परिषद अमेरिकालाई हार्दिक अनुरोध गर्दछु ।
सघको विधान अनुसार अन्तराष्ट्रीय महाधिवेशनमा भाग लिएको प्रतिनिधि आइ सी सी को सदस्यको उम्मेदवारलाई योग्यता पुग्ने भएकोले सघको विधान बमोजिम प्रतिनिधिहरुको छनौट गरेर सम्पूर्ण गैर आवासीय नेपाली सघ अमेरिकाको सदस्यज्यूहरुको अधिकारको सम्मान र रक्षा गर्नको लागि राष्ट्रिय समन्वय परिषद अमेरिकालाई हार्दिक अनुरोध गर्दछु । विधानलाई कुल्चेर गैर जिम्मेवार तरिकाले विधान बिपरित गरिने कुनै पनि कार्यहरु सस्थाको हितमा नहुने भएकोले अपारदर्शी एवं अप्रजातान्त्रिक र गैरसंबैधानिक कदमहरु तुरन्त रोक्न राष्ट्रीय समन्वय परिषद सग अपील गर्दै अन्यथा यस बाट निस्कने सवै परिणामहरु ऐतिहासिक गल्ति हुन सक्ने चेतावनि पनि दिन चाहन्छु । साथै कुनै पनि भागबन्डा र मिलोमतोमा हुने प्रतिनिधिहरुको बाडफाड स्विकार्य नहुने सहर्ष जानकारी गराउदै सम्पूर्ण सदस्य ज्यूहरुलाई आफ्नो अधिकारको लागि जुट्न हार्दिक अपिल गर्दछु ।
अन्त्यमा विधान विपरीत चयन भएका प्रतिनिधिहरुले निर्वाचन गर्ने अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारीहरुको वैधानिकतामा समेत प्रश्न हुन सक्ने भएकोले अमेरिकाको प्रतिनिधि छनौट प्रक्रियालाई गम्भिररूपले लिएर समस्याको निराकरण गर्नु हुन गैर आवासीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्षज्यू लाई हार्दिक अनुरोध गर्दछु ।

तिलक केसी
विस्कान्सिन, अमेरिका
अगस्ट ९, २०२१