इन्जिनियर राजु अधिकारीले एनआरएनए अस्ट्रेलियाको महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् । सन् २०१९ देखि एनआरएनए अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै आइसीसीका सदस्य समेत रहेका राज ले यसपालिको एनआरएनए अष्ट्रेलिया चुनावमा महासचिव पदका लागि उम्मेद्वारी दिएका हुन् ।
पेशाले इन्जिनियर रहेतापनि आत्माले समाजसेवामा तल्लीन उनले विभिन्न संघसंस्थामा आवद्ध रहेर प्रत्यक्ष या अप्रत्यक्ष रुपमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली आप्रवासीहरुको सेवा गरिरहेका छन् । यसैपनि तुलनात्मक रुपमा अन्य राष्ट्रमा भन्दा नेपालीहरुको अलि बढी नै उपस्थिति रहेको अस्ट्रेलियामा नेपालीका लागि र नेपालीद्वारा नै सञ्चालित संस्थाहरु व्यापक छन् जसमध्ये उनले अस्ट्रेलिया−नेपाल फ्रेण्डसिप सोसाइटी, नेपलिज एसोसिएसन अफ नर्दन टेरिटरी लगायत संस्थामा रहेर सामाजिक कार्यलाई निरन्तरता दिएका छन् भने क्यानबेरास्थित इन्जिनियरहरुको छाता संगठन नेप्लिज इन्जिनियर इन क्यानबेराका संस्थापक पनि हुन् ।
नेपालको गोरखा जिल्लामा सन् १९८१ मा जन्मिएका राजु त्रिविबाट स्नातक तहको अध्ययनपश्चात् सन् २००५ मा आफ्नो सपना पछ्याउँदै अस्ट्रेलिया आइपुगे । चाल्र्स डार्विन विश्वविद्यालयबाट इन्जिनियरिङ म्यानेज्मेन्टमा स्नातकोत्तर पूरा गरेपछि केही वर्ष नर्दन टेरिटरीस्थित डार्विनमै रही संघर्ष गरे । ७ वर्ष पछि उनी क्यानबेरा बसाइँ सरे । राजु अहिले आफ्नी श्रीमती सुष्मा र एक छोरी रिभासँग क्यानबेरामै बस्दै आएका छन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा मात्रै उनले आप्रवास कानून र अभ्यास विषयमा स्नातक डिप्लोमा अध्ययन पूरा गरेका छन् ।
Classified एनआरएनए अस्ट्रेलियाको महासचिवमा राजु अधिकारीको उम्मेदवारी