एकताबद्ध एनआरएनए बनाउने मेरो मुख्य लक्ष्य हो : अघ्यक्ष महेश श्रेष्ठ

एनआरएनए एकता महाधिवेशनबाट निर्वाचित अघ्यक्ष महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिले गृहमन्त्री रमेश लेखकसॅग भेट गरेको छ।

गृह मन्त्रालयमा अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरूले मन्त्री लेखकसँग भेट गरेका हुन्। भेटमा गृहमन्त्री लेखकले सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन्।

उनले एकता महाधिवेशनमा छुटेकाहरुलाई समेत सहभागी गराएर एकताबद्ध हुन आग्रह गरे।

श्रेष्ठ नेतृत्वको कार्यसमितिले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसॅंग पनि भेट गरेको थियो। त्यस्तै उनीहरुले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेसॅंग भेट गरेका थिए।

‘मलाई सबैले एकताबद्ध एनआरएनए बनाउन सुझाव दिनुभएको छ। मेरो मुख्य लक्ष्य पनि यही हो,’ श्रेष्ठले भने, ‘मलाई एकता महाधिवेशनले दिएको कार्यभार अनुसार काम गर्छु । एनआरएनएको एकता र विश्वास कायम राख्न मैले सबै प्रयास गर्नेछु।’