प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको बताए।
देश कंगाल बनाउने काम राजाहरूले गरेको उनको आरोप छ। प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौं, साथ देऊ, भनेर लाजै मान्दैन। यो देश कंगाल बनाउने त यिनीहरू हुन् त।
अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनको दाबी छ। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनले बताए।