काठमाडौं। डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार टेकुबाट पक्राउ गरेको हो । आफूले अध्ययनका क्यानडाका भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै एक युवकबाट २० लाख रुपैयाँ ठगी गरेको आरोप छ । २० लाख लिएपछि उनी सम्पर्कबिहिन भएकी थिइन् ।