धनुषामा तनाव उत्पन्न भएपछी प्रहरीले गोली चलायो, एकजनाको मृत्यु

काठमाडौं। धनुषामा तनाव उत्पन्न भएपछी प्रहरीले गोली चलाएको छ। जिल्लाको हंसपुरमा एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । चोरीको विषयमा विवाद हुँदा दुई पक्षबिच बिहीबार साँझ झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर छलफल समेत गराइएको थियो। तर स्थानीयले भने प्रहरीले हिरासतमा लिई कुटपिट गरेपछि मण्डलको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन्।

स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ। प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन्। शंकरको हातमा गोली लागेको छ। घटनाबारे अनुसन्धान जारी छ।