डोनाल्ड ट्रम्प आगामी चुनावमा उम्मेदवार बन्न नपाउने

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाइएको छ। अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ।

ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ। तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनु हुनेछ। यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए।

सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उहाँ चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ।

अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति ट्रम्प बलिया दावेदार रहेका देखाएको बीबीसीले जनाएको छ।