काठमाडौं। महोत्तरीमा आठ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगका अभियुक्त नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मीमहतो कोइरीले सफाइ पाएका छन्।
जिल्ला अदालत महोत्तरीले हिजो गरेको फैसलाबाट काइरीले सफाई पाएका हुन् भने सात जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको हत्या भएको थियो । यो मुद्दामा २०७५ साउन २८ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
बिहीवार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको हो। यस प्रकरणमा अभियोग लागेका १९ जना अझै फरार छन् ।