संघीय संसद सचिवालयका महासचिव गौतमद्वारा राजीनामा

काठमाडौँ। संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे। तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन। यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ।

नेकपा (एमाले)निकट गौतमले राजीनामा दिएपछि सोही पार्टीनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।