नेपालले नचिनेकी मेनुकाले भारतमा तहल्का पिट्दै, पाइन यति ठुलो अवसर

काठमाडौं। यतिबेला ‘इण्डियन आइडल’को प्रतिस्पर्धा गरिरहेकी नेपालकी चेली मेनुका पौडेलले भारतमा फेरी ठुलो अबसर प्राप्त गरेकी छिन्। यो अबसरसँगै मेनुकाले नेपाल मात्रै नभै अन्तराष्ट्रिय स्तरमै चकित पारेकी छिन्। ‘इण्डियन आइडल’को सुरुवाति चरणबाटै तहल्का पिट्दै र सबैको मन जित्दै आएकी मेनुकाले यतिबेला प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने ठुलो मौका पाएकी हुन्।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन्। सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारणसमेत गरेको थियो। ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन्। उनले भनेकी छन्– मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु।’

उनले यो क्षणलाई आफ्नो‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन्। मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए। साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन्। उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन्। साथै मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए। मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।