काठमाडौं। सामाजिक अभियन्ता नेपाली चेली सविता उप्रेती‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मानित भएकी छन्। अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन्। अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान गरेबापत उनलाई सो सम्मान प्रदान गरिएको जनाइएको छ।
भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका निम्ति योगदान पु¥याउनेमध्ये एकजनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ। विगत १३ वर्षदेखि उप्रेतीले विशेष स्कुल र पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम भएका बालबालिकाका निम्ति सेवा दिँदै आएकी छन्।