काठमाडौं। स्कुल बसको ठक्करले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको ज्यान गएको छ। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज विहान उक्त स्कुल बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएको थियो।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् भने अहिले प्रदर्शन गरिरहेका छन्। जसकाकारण उक्त क्षेत्र तनावग्रस्त बनेको छ।
घाइतेको भैरहवामा उपचार भइरहेको छ। सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालयले घटनामा दुई जनाको घटनास्थलमा मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेपनि मृतकको पहिचान नखुलेको जनाएको छ। अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनाबग्रस्त भएको छ।