चिसोले भुकम्प पीडितको दैनिकी कष्टकर बन्दै

काठमाडौं। चिसो बढ्दै जान थालेपछी जाजरकोट भुकम्पका पीडितहरुको दैनिकी कष्टकर बन्दै गएको छ । गत कात्तिक १७ गते राति जाजरकोको रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावीत जाजरकोट र रुकुम पश्चिमका पीडितहरुलाई चिसोबाट जोगाउन मुस्किल परेको हो ।

भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् ।

उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।