काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गएराती मध्यरातमा एक कविता सार्वजनिक गरेका छन्।
मध्यरातमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको कवितामा मेयर शाहले पछिल्ला राजनीतिक तथा समसामयिक गतिविधितर्फ लक्षित गर्दै सबलाई नेता बन्न मन लागेको टिप्पणी गरेका छन्।
मेयर साहले हिजो शुक्रबार भएको दुई समूहबीचको शक्ति प्रदर्शनलाई लिएर मध्यरातमा फेसबुकमा कविता लेख्दै धर्तीलाई माया गर्ने मान्छेको खाँचो रहेको बताएका छन्।
मेयर शाहले यो देशमा सबैलाई राजा, राष्ट्रपति,प्रधानमन्त्री, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको भन्दै उनले पहिले धर्तिलाई माया गर्ने मान्छे बन्न आग्रह गरे। धर्तिलाई माया गर्ने मान्छे बने अरु जनताले बनाइ दिने बताए।
शुक्रबार दुर्गा प्रसाईं र एमालेको युवासंघको छुटाछुटै प्रदर्शनको कार्यक्रम गरिएको थियो। दुर्गा प्रसाईंले राजा ल्याउने भन्दै आन्दोलन गरेपछि मेयर साहले कवितामार्फत यस्तो टिप्पणी गरेका हुन्।
यस्तो छ उनको कविता
यो देशमा सबैलाई,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस,
मान्छे बनौँ पहिला,
अरु त, जनताले बनाई हाल्छननी ।