अमेरिका। गैर आवासीय नेपाली संघ एन.आर.एन.ए विस्कन्सिन च्याप्टरले जाजरकोट भुकम्प पीडितका लागी अभियानमार्फत आर्थीक संकलन गरेको छ। गत कर्तिक १७ गतेराती पश्चीम नेपालको जाजरकोट र पस्चिम रुकुममा गएको बिनासकारि भुकम्पमा परेर मृत्यु भएका र घाइतेहरुको उद्वारका लागि सहयोग गर्ने हेतुले “राहत सङ्कलन अभियान“ कार्यक्रम सुरु गरिएको थियो।
अभियान मार्फत छोटो समयमै १४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ अर्थात ११,०३१ डलर रकम सङ्कलन गरिएको हो। उक्त सङ्कलित रकम एन.आर.एन.ए विस्कन्सिन च्याप्टरको कार्यसमिति बैठकको निर्णय अनुसार सस्थापक अध्यक्ष, एनआरएनए एनसीसी युएसएका निवर्तमान अध्यक्ष एवं समाजसेवि बुद्दि सागर सुबेदिमार्फत आँफै पिडितहरुलाई वितरण गरिने निर्णय गरिएको छ ।
यसअघी भुकम्प लगत्तै सुवेदिसहितको टोली आफै भ्रभावित क्षेत्रमा पुगेर आवश्यक राहत वितरण गरेको थियो । यसपटक पनि सोही अनुसार आवस्यक राहत सामग्री किनेर प्रभावीत क्षेत्रका स्थानिय जन प्रतिनिधि, स्थानिय प्रशासन, बुद्धिजिवि, नेता र पत्रकारको रोहबरमा बितरण गर्ने निर्णय गरिएको हो ।
उत्त निर्णयपछी एन.आर.एन.ए विस्कन्सिन च्याप्टरले यस पुण्यको महान कार्यमा विशाल मनले सहयोग गर्ने सबै गैरआवासीय नेपालीहरुमा धन्यवाद ज्ञापन गरेको छ ।