‘बल्खुमा कार्यक्रम उद्घाटन गर्छु, देशभर चल्छ’ : दुर्गा प्रसाईं

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको‘राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आगामी मंसिर ७ मा आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको एक जना अधिकृतले जानकारी दिनुभयो।

माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिनुभयो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘बल्खुमा उद्घाटन गर्छु, थप कार्यक्रम देशभर चल्छ ।’