काठमाडौं। मोरङको उर्लाबारीमा भिषण आगलागी भएको छ। गएराति लक्ष्मी पूजा गर्दा सुन पसलमा भएको आगलागीमा परेर प्रहरीसहित २८ जना घाइते भएका छन्। घाइते भएकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो। स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो।
घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन्।
आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिनुभयो।