रिगलपछी रेशम चौधरीको पालो, अन्तिम सुनुवाइ यही अन्तिम साता हुने

काठमाडौं। सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ अर्को साता हुने भएको छ। सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको मुद्दाको अन्तिम सुनुवाइ कार्तिक २३ गते हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध‘कैलाली नरसंहार’मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्दाको सुनुवाइ कार्तिक २३ गते हुन लागेको हो।

कानूनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन्। प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो।

सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभरी थुनिएका थिए। तर, सर्वोच्चले जन्मकैदको फैसला सुनाएको केही दिनमा नै सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो।

जसकोविरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनुवाइ हुन लागेको हो।