काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश(एनपी)साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता भएको छ। अमेरिकाको औपचारिक भ्रमणमा जानुभएका मन्त्री साउदले उत्त भेटवार्ताको क्रममा निगमको नेपालमा लगानीका विषयमा छलफल गर्नुभएको छ।
त्यस अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गर्नुभएको थियो।
निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।
अमेरिकी सरकारमातहत रहेको निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ। साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ।