युवासंघका कार्यकर्ताबाट कार्यालयमै कुटिए एनआरएनए अध्यक्ष आरके शर्मासहित अभियन्ताहरु

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष आरके शर्मासहितका पदाधिकारीहरु कुटिएका छन्। संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतका अभियान्ताहरुमाथी युवासंघका कार्यकर्ताहरुले कुटपिट गरेका हुन्।

कुटपिटबाट बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको छ।अन्य केहि अभियान्ता घाईते भएका अध्यक्ष आरके शर्माले जानकारी दिनुभयो।

अध्यक्ष शर्माले आँफुहरु कार्यालयमा रहेको बेला त्यहाँ उपस्थित अर्का अध्यक्ष बद्री केसी समुह र युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको जानकारी दिनुभयो। ‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ। यो अन्तयन्त निन्दनीय छ’,उहाँले भन्नुभयो।

संघकै सभाहलमा अर्का केसी पक्षले एमाले नेता महेश बस्नेतसहितको उपस्थिती कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटना भएको हो। घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए।