महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा,आजै लुम्बिनी भ्रमण सकेर संसदमा सम्बोधन गर्दै

?????????????? ???????? ?????????? ??????? ??????? ????????, ?? ??????? : ??????? ????????????? ??????? ????????? ??????? ????????????? ??? ??????????????? ???????? ??????????? ?????? ????????????? ???????? ????? ‘???????’ ??? ????????? ?????? ????????????????? ???????? ?????????? ? ??????? ??????? ??? ??????? ??????? ??????? ????????? ? ?????? : ???? ???????/????

काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन्। हिजो बेलुका पोखरामा बास बसेका गुटरेस जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविर पुगेका हुन्।

त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिरया गर्नेछन् सोहि क्रममा स्थानियले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन्।

हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गरेका थिए। नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे।

अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी गुटरेसले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ। गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ।

गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षणसहित डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ। दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनलाई गुटरेसले आज सम्बोधन गर्ने कार्यक्रम छ।

चार दिने नेपालको भ्रमण पूरा गरी भोलि विहान गुटरेस बेलायत फर्किन तालिका रहेको छ ।