काठमाण्डौ। नेपालले आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा सिङ्गापुरसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ।
आज सिङ्गापुरलाई हराउँदै नेपाल प्रतियोगितामा शानदार शुरुवात गर्न चाहन्छ। दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ।
नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन्। समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ।