
काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने भएको छ।
हिजो दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहनुुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लाग्नु भएको हो।
गुटेरेसले आज सगरमाथा क्षेत्र,पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतका क्षेत्रको भ्रमण गर्नुहुनेछ। आजै उहाँले पोखराको पुरानो बिमानस्थल अवलोकन गरी बिमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।