काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन्।अर्का अध्यक्ष आरके शर्माले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएसँगै केसी पनि आफ्नो दाबी लिएर परराष्ट्र मन्त्रालय पुगेका हुन्।
केसी आफ्नो समूहका प्रतिनिधिमण्डलसहित मन्त्री निवासमै पुगेका थिए।उनले आफूले सही ढंगले निर्वाचन गराएको भन्दै गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन पछि उत्पन्न परिस्थितीबारे मन्त्री साउदलाई जानकारी गराएका थिए। तर,साउदले धाँधलीको कुरा आएकाले यसबारेमा आफू अध्ययनमा रहेको केसीलाई बताएका छन्।
सो क्रममा उनले मन्त्रालयमा आरके शर्माले आधिकारिकताका लागि निवेदन दिएकोबारे आफ्नो कुरा राखेका थिए।मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान आफ्नो उद्देश्यअनुरुप अघि बढ्न नसकेको भन्दै गम्भीर बन्न केसीलाई सुझाव दिएका थिए।
साउदले विवाद समाधान नगरी के कति कारणले विजयी घोषणा गर्दै शपथ लिने काम भयो भन्दै प्रश्न गरेका थिए। तर केसीले भने निर्वाचनमा कुनै धाँधली नभएको जिकिर गरेका थिए। मन्त्री साउदले यसबारे आफूले छिट्टै निर्णय लिने भन्दै केसीलाई जवाफ दिएका छन्।
शुक्रबारमात्रै आरके शर्माले आधिकारिकताको दाबी गर्दै मन्त्रालयमा निवेदन दिएका छन्।यसलगत्तै केसीले मन्त्री साउदलाई भेट्न पुगेका हुन्। केसीले भेरो अनलाइन भोटिङ सिस्टम ह्याक गरेर आफूअनुकल नतिजा पारेको आरोप छ।