एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं। एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स(यूएई)लाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो।

नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो। नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन्। प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन्।

यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ। समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन्।