एनआरएनए यूकेले वेल्समा भव्य रुपले मनायो दसैं, यी कलाकारले दिए सांगितिक प्रस्तुति..

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले पनि भव्य रुपमा नेपालीहरुको महान चाड दशैं मनाएको छ। एनआरएनए यूके वेल्स राज्य परिषदको आयोजनामा वेल्स राज्यको कार्डिफमा एक कार्यक्रमकाबिच हर्सोल्लासका साथ दशैं मनाईको हो।

उक्त दसैं विशेष कार्यक्रममा पञ्चे बाजा बजाउदै नाचगान र हर्षबढाइँकासाथ मनाईएको हो। कार्यक्रममा धौलागिरि नौमति बाजाको भव्य प्रस्तुतीसँगै कलाकार देबी घर्ति र ईश्वर सिङको बेजोड साँगितिक प्रस्तुति रहेको थियो।

कार्यक्रममा एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षता,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको प्रमुख अतिथ्यता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाहामगरले उपस्थित सम्पूर्णलाई दशैंको अबसरमा शुभकामना व्यक्त गर्दै नेपालीहरुको सफलतासँगै एनआरएनलाई मजबूत बनाउन उक्त कार्यक्रमले भुमिका खेलोस भन्ने कामना पनि गरे।

यसैगरी प्रबत्ता लक्ष्मी तामाङ्गले संचालन गरेको कार्यक्रममा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुन,एनआरएनए यूके उपाध्यक्ष अमृत घले,एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा,संरक्षक डेबिड गुरुङ,थर्क सेन,झलक गर्बुजा लगाएतले शुभकामना दिएका थिए।