प्रधानमन्त्रीले दिए एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई बधाई

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको बताउनु भएकाे हाे।

मलेसियाको क्वालालाम्पुरमा हिजाे भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले यूएईलाई पराजित गरेको थियो।