काठमाडौं।मनाङ एयरको दुर्घटनामा परेर घाईते बनेका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो।
नेसनल बर्न सेन्टर,मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले जनाएको छ। दुर्घटनामा उनको शरीरको ५० प्रतिशत बढी भाग जलेको थियो।