चितवन। किसान बचत तथा ऋण सहकारी सस्था लि.गैंडाकोटको २८ औं वार्षिक साधारणसभाबाट भोजराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।शुक्रबार गैंडाकोट–२ स्थित नारायणी होटेलको सभाहलमा सम्पन्न साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पौडेलको नेतृत्वलाई सर्वसम्मत निर्वाचित गर्दै निर्णय पुस्तिका प्रमाणीकरण, सपथ ग्रहण एवं पद हस्ताण्तरण कार्यक्रम पनि सम्पन्न गरेको छ। अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रस्तुत सबै विषयहरु तथा निर्णयहरु सर्वसम्मत पारित एवं अनुमोदित भएका छन्।
कार्यक्रममा नवनिर्वाचित समिति सदस्यहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता रमेश काफ्लेलेको सहजिकरणमा सपथ ग्रहण एवं पद हस्तान्तरण सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले सबैलाई स्वागत गर्दै तथा विषेश निर्णय पुस्तिका प्रामाणीकरणको लागि सहभागि ५८जना शेयर सदस्यज्यूहरुलाई सम्मान एवं स्वागत गर्नुभएको थियो।
सामूहिक नेतृत्व, निति विधि प्रविधिबाट अगाडी बढेको किसान साकोस, आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद दिँदै, सबैले एक आर्काको हात समाई माथि उठाएर किसान साकोस एक ढिक्का रहेको एवं सम्पूर्णमा विजय दशमीको शुभकामना आदान प्रदान गरिएको थियो। सर्वसम्मत निर्वाचित अध्यक्ष भोजराज पौडेलले किसान साकोस आफ्नो नेतृत्वमा पनि टिम वर्क गर्दै समिति सदस्यहरुको सहकारी क्षमता विकासका कार्यक्रमहरु गर्दै सदस्यज्यूको सदैब हितमा रही काम गर्ने बताउनु भयो।
सहकारी सिद्धान्तलाई केही सहकारीहरुले आत्मसाथ नगरेका र वित्तिय सुसासन विगारेका केही अभियानकाले धमिलो पानीमा अवसर खोज्नाको कारण राम्रा सहकारीलाई पनि असर भोगी रहेको र विश्वमा छाएको आर्थिक मन्दिको मारको असरलाई चिर्न किसानको नयाँ नेतृत्व सदस्यहरुको नजिक एवं सदस्य केन्द्रित रहेर रणनिति तयार गरिने बताउँदै सबैलाई आभार एवं दशैको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले किसान साकोसका गतिविधि र ईन्डेक्समा आधारित भएर गरिएको गतिविधिहरुको प्रस्तुतीहरु हेर्दा वैज्ञानिक तरिकाले सहकारी चलेको र सदस्य केन्द्रित रहेको एवं निर्वाचित हुने सम्पूर्णमा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि भिमराज उषामाया पाठक आँखा बैंकका अध्यक्ष प्रभात कुमार जोशीले किसान साकोसका २५० जनाले आँखा दान गर्नु भएको र आँखा दान गर्नु ठूलो दान भएकोले सबैले आँखा दान गरेर घरपरिवारलाई पनि जानकारी दिनुपर्ने जनाउनु भयो। एक जनाको आँखा दानले ४ जनाले दृष्टी पाउन सक्ने भएकोले यो पून्य कार्यमा सबैलाई सहभागी हुन एवं निर्वाचित हुने सम्पूर्णमा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि नेफ्स्कून फिल्ड कार्यलयको संयोजक विद्या कोईरालाले किसान साकोस सदस्यहरुको हितमा काम गर्ने उत्कृष्ट संस्था रहेको एवं पार्दर्शिताको नमुना प्रस्तुत गरेको जनाउँदै आगामी लक्ष्य प्राप्तिको लागि सदस्यज्यूहरुले मुस्कान सहितको सेवा प्रदान गरिरहेको किसान साकोसलाई सहयोग गर्नुभई, नवनिर्वाचित हुने नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो।
गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोईरालाले विदेशिने लहर चलिरहेको अवस्थामा सहकारीले गाँउघरमा अवसर श्रृजना गरि घरपरिवार एकजुट राख्ने काम गरेको जनाउँदै किसान साकोसले अब साना सहकारी मात्र हैन ठूला सहकारी पनि एकिकरण गरोस भन्ने कामना सहित निर्वाचित हुने सम्पूर्णमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले सहकारी सदस्य केन्द्रित हुनु पर्ने र सहकारी अभियान विरुद्ध आएका कार्यक्रमहरुलाई नगरपालिकाले रोकेको जनाउनु भयो। किसान साकोस सदस्य केन्द्रित रहेको र २७वटा काउण्टर सेवा दिँदै ८५००० सदस्यज्यूहरुलाई खुसी दिएकोमा धन्यबाद व्यक्त गर्नु भयो।
कार्यक्रममा १०बर्ष योगदान दिने कर्मचारी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ईन्चार्ज, उत्कृष्ट सञ्चालकहरुलाई पुरस्कृत गरिएको थियो।
कर्मचारीबाट सहकारी गितमा स्वागत नृत्य, कविता वाचन र महिला समूह सदस्यज्यूहरुको सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरीएको थियो । असोज २७ गते थारू राष्ट्रिय संग्रहालय कावासोती डण्डामा दोस्रो ईकाईको र २० गते पहिलो ईकाईको गैंडाकोट एग्रोमार्ट परिसरमा गरि ईकाईगत साधारणसभा सम्पन्न गरेको थियो।
विशिष्ठ अितिथि संस्थाका संस्थापक अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यू, पूर्व अध्यक्षहरु, विभिन्न संस्थाका प्रतिनीधी, संस्थाका सञ्चालक तथा विभिन्न उपसमितीका पदाधाकरीहरू, कर्मचारीहरू, संस्थाका सदस्यहरु समेतको उपस्थिती रहेको कार्यक्रम सचिव सरस्वती कडेलले सहजिकरण गर्नु भएको थियो ।