काठमाडौं। इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएकामध्ये १० नेपालीमध्ये ४ जनाको शव भोलि नेपाल आइपुग्ने भएका छन्। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार उनीहहरुको शव आज इजरायलबाट पठाइएको छ भने भोली आइतबार काठमाडौं आइपुग्नेछन्।
दुतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएको हो।
दूतावासका अनुसार उनीहरुको शव आज दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो। इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ।