आज दशैंको सातौँ दिन फुलपाती भित्र्याइँदै

sf7df8f}F, !* c;f]h -/f;;_ M a8f bz}Fsf] ;ftf}F lbg zlgaf/ uf]/vfb/jf/af6 NofOPsf] km"nkftL sf7df8f}Fsf] xg'dfg9f]sfdf leqofOFb} . t:jL/ M gjLg kf}8]n

काठमाडौँ। आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दसैँघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ।घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ।

काठमाडौंमा हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ। फुलपाती दुई थरिका जातिले भित्र्याउने चलन रहेको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने गरिएको छ।

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्यान्डबाजा, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चेबाजा र नाचगानका साथ फुलपाती भित्र्याउने गरिन्छ।

पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेको समयदेखि शुरु भएको फुलपाती भित्र्याउने परम्परा कायम छ। आजकै दिन राती कालरात्रि देवीको पूजा समेत गरिन्छ ।