एनआरएनए निर्वाचनः मतपरिणाम घोषणासँगै फेरी तनाव, नतिजा नमान्ने शर्मा र श्रेष्ठको घोषणा, ब्रदीले सिस्टम ह्याक गरेको आरोप

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ। पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन्।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न्। उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन्।

राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी,श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए। अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमथैन गरेकी थिइन्।