एनआरएनए निर्वाचनः अध्यक्षमा बद्री केसी निर्वाचित, अन्य कुन पदमा को ?

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्। संघको ११ औं महाधिवेशन तथा निर्वाचनबाट रसिया निवासी डा.केसी अध्यक्षमा निर्वाचित भएका हुन्। नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा वर्तमान अध्यक्षसमेत रहेका केसी अन्य ३ जना प्रत्यासीलाई पछि पार्दै केसी गरेका हुन्।

केसीले एक हजार ३७८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७ मत पाए।

उपाध्यक्षमा डा. विनोद श्रेष्ठ(अष्ट्रेलिया),डा.हेमराज शर्मा (यूके),खगेन्द्र न्यौपाने (मलेसिया),राजु रेग्मी (कतार),रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान)निर्वाचित भएका छन्।

युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया)दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई(यूके)निर्वाचित भएकी छन्।

महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन्। उनले दुई हजार ३७ मत ल्याए ।उपमहासचिवमा सोम सापकोट र प्रवीण गुरुङ निर्वाचित भएका छन् । काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो।