काठमाडौं। इजरायलबाट थप १८ जना नेपालीहरु नेपालका लागि पस्थान गरेका छन्। तेल अविवस्थित नेपाली राजदूतावासका अनुसार स्वदेश फर्कनेहरुमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु रहेका छन्।
उनीहरु बेन गुरियन इन्टरनेशनल एअरपोर्टबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइसजेट एअरलाइन्सको उडान नं एसजी ९९९६ बाट भारतीय दूतावाससँगको समन्वयमा भारतको राजधानी नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको दूतावासले जनाएको छ।
दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने जनाएको छ।सो घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २/३ दिनभित्र नेपाल पठाउने तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको दूतावासले जानकारी दिएको छ।