काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसद(एनआरएनए आइसीसी)को उपाध्यक्ष पदका उमेदवार राजु रेग्मी (राज)ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक घोषणा गरेका छन्।
संघको आसन्न निर्वाचनका लागी अध्यक्ष पदका प्रत्यासी आरके(राजेन्द्रकुमार)शर्माको टीमबाट उपाध्यक्षमा उमेदवारी सार्वजनिक गरेका रेग्मीले आफ्नो कार्ययोजनासहितका प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन्।
कतारमा रहेर एनआरएनए अभियानमा सक्रिय रेग्मीले एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने प्रमुख लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।
उपाध्यक्षका उम्मेदवार रेग्मीले आफ्नो प्रतिबद्धतामा विभिन्न ८ बुँदे संकल्प पनि समावेश गरेका छन् । रेग्मीका ८ संकल्पहरु निम्न रहेका छनः
१ – सम्बृद्ध नेपालका लागि लगानी तथा पर्यटन प्रवर्द्दन ।
२ – व्यवस्थित, मर्यादित र सुरक्षित वैदेशिक रोजगार ।
३ – हाम्रो,राम्रो र प्रविधिमैत्री एनआरएनए ।
४ – महिला,युवा र नयाँ पुस्ताको । सशक्तिकरणःएनआरएनमा रुपान्तरण ।
५ – सम्बृद्ध नेपालका आधारः नागरिकता र मताधिकार ।
६ – प्राविधिक शिक्षा तथा युवा स्वरोजगार ।
७ – एनआरएनएको वैज्ञानिक परिभाषा एवं पारदर्शिता ।
८– नेपाली कला संस्कृतिको प्रवर्द्दन तथा जगेर्ना ।
रेग्मीको प्रतिबद्धता पत्रको पुर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्