काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न ११औं महाधिवेशन तथा निर्वाचनका विभिन्न पदका उम्मेदवारहरुलाई मलेसियामा भब्य स्वागत गरिएको छ । एनआरएनए मलेसिया र मलेसियामा औपचारीक रुपमा दर्ता प्राप्त एक मात्रै नेपाली क्लब हिमालयन फुटबल क्लबले संयुक्त रुपमा आसन्न एनआरएनए निर्वाचनका उमेदवारहरुलाई भव्य रुपमा स्वागत तथा सम्मान गरेका हुन्।
चुनावी अभियानस्वरुप विभिन्न छलफल,भेटघाट तथा अन्तरक्रिया कार्यकाक्रमका लागि आईतवार साँझ मलेसिया पुगेका उम्मेदवारहरुलाई संघका तथा क्लबका प्रतिनिधीहरुले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । उमेदवारहरु प्रबिन गुरुङ, मनोज कुमार श्रेष्ठ (गोर्खाली), रोबिन शेरचनलाई हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्की र क्लबका खेलाडीहरु र एनआरएनए मलेसियाका पदाधिकारीहरुले संयुक्त रुपमा विमानस्थलमा स्वागत तथा सम्मान गरेका थिए ।
एनआरएनए आईसिसिको आसन्न ११औं महाधिवेशनमा रोबिन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने प्रबिन गुरुङले उप–महासचिव पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै मनोज गोर्खाली सचिव पदका उम्मेदवार रहेका छन् । संघको निर्वाचन यहि अक्टोबर १७ देखी काठमाडौंमा हुँदैछ । त्यसका लागी उमेदवारहरु आफ्नो पक्षमा समर्थन जुटाउन चुनावी अभियान लिएर विश्व दौडाहामा व्यस्त छन् ।