काठमाडौँ। इजरायल द्वन्द्वमा फसेका नेपाली नागरिकबारे निर्णय लिन बैठक बसिरहेको छ। परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा जारी रहेको स्रोतले जानकारी दिएको छ। सरकारले आइतबार मन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याँकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ ।
मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।