एनएसएलको मेडिकल पार्टनरमा नर्भिक अस्पताल

nepal super league, Nepal

काठमाडौंं(जस)–नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग फुटबलका लागि मेडिकल पार्टनरका रुपमा नर्विक अस्पताल जोडिएको छ । नेपाल स्पोर्टस एण्ड एभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । जसमा पहिलो खेलमा काठमाडौं र ललितपुरविच प्रतिस्पर्धा हुँदैछ ।

सुपर लिग आयोजक र नर्विक अस्पतालविच आए मेडिकल पार्टनरका रुपमा सम्झौता भएको छ । सम्झौतापत्रमा नर्भिक तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट कम्पनीकी डाइरेक्टर श्रेर्याश कार्कीविच हस्ताक्षर भएको छ ।

norvic hospital, kathmandu

सात टिमको सहभागिता रहेको प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । प्रतियोगिता अवधिभर दशरथ रंगशालामा खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने सबै आपतकालिन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट तीन मेडिकल अफिसरसहितको टिम मैदानमा तैनाथ हुनेछ । यो प्रतियोगितामा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको नर्भिक अस्पतालकी डाइरेक्टर मेघा चौधरीले बताइन ।