खुकुरी प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं। बझाङमा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ।छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेमा ५५ वर्षीय बिजुली पाण्डेको खुकुरी प्रहारबाट ६० वर्षीय जैलु मण्डेलको ज्यान गएको हो।

हिजो बेलुका सामान्य विवादका क्रममा पाण्डेले खुकुरी प्रहार गरेका हुन्। हत्यापछि फरार रहेका पाण्डेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।