मुगु सदरमुकाममा भिषण आगलागी

काठमाडौं। मुगुको सदरमुकाम गमगढी बजारमा भिषण आगलागी भएको छ। गएराती करिब १ बजे छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा भएको आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन्।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए। उक्त आगलागीमा कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार नेपाल प्रहरी, रेडक्रस र स्थानीय समुदायको सक्रियतामा आगलागी ५ घन्टापछि नियन्त्रणमा लिइएको छ।