तीजको नाचगानमा विवादपछी कुटपिट हुँदा युवकको ज्यान गयो

काठमाडौं। पाल्पामा तीजको नाचगानमा विवादपछी भएको कुटपिटबाट युवकको ज्यान गएको छ। हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको पाल्पाको तिनाउँ गाउँपालिका २ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडाको थियो।

सोहि झगडालाई लिएर आज कुटपिट हुँदा स्थानिय २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।बिहान कुटपिटबाट गम्भीर घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ।

Zen Travels - Cheap tickets to Nepal

घटनापछि प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ। थप अनुसन्धान जारि रहेको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।